Posts

Showing posts from October 2, 2022

दक्षिणा

Image
  मंसीरमा आउँछु अनि भेटौलाँ नि ! भेट भएका आफन्तहरूले कहिले भेट हुन्छ होला ? भन्ने प्रश्नमा जवाफ फर्काएँ मैले । उनीहरू खुशी भए । उनीहरू मलाई भेट्ने कुराले मात्रै खुशी भएका भने होइनन्, मैले बुझेकी थिएँ । “चुनाव छ नि त मंसीर ४ गते !” मुख अमिलो बनाउँदै “ए ! ल, ल ।” भने । बर्षौदेखि भेट नभएका आफन्त पनि भेटिन्छन् दसैँमा । बर्षमा एक पटक भेट हुने परिवारभित्रका सदस्य र आफन्तजन त भइहाल्यो । सानो छँदा दसैँमा टिको लगाएर एक रुपैयाँ पाइन्थ्यो । दिदी चकलेट किनेर खाइसक्थिन्, म हिरोइनलाई दिन्थेँ । उनले बेला बेलामा दिदीलाई “लु हेर ! बुइनीको पैसा । तँ खाएर सक ।” दिदीले वास्ता गर्थिनन् । मेरो त्यो पैसा कवि, डटपेन किन्न र लुगामा खर्च हुन्थ्यो होला । मलाई राम्रो याद भएन । जब बुवा बिरामी पर्नुभो, झन् मैले त्यो एक÷एक रुपैयाँको महत्त्व अझैँ बुझ्न थाले । माइली दिदी गाईवस्तु चराउन जङ्गल थान्थिन् । हामी उनलाई पछ्याएर जान्थ्यौँ । दिदीले खुर्पाले दाउरा काटेर भारी हालिदिनुहुन्थ्यो । हामी बोकेर घर ल्याउथ्यौँ र भोलिपल्ट बिहानै बजार लैजान्थ्यौँ ।  हाम्रा गाउँको एक÷दुई घरका मानिसहरू बिहान ४ बजे नै दाउरा बेच्न जा...