Posts

Showing posts from June 2, 2024

गन्तव्यहिन यात्रामा म

Image
मसँग सबथोक छ, सम्झन खोज्छु केके छन् ? तर, रित्तो रित्तो पाउँछु । कहिलेकाहिँ आफैँलाई पनि खोज्नुपर्छ । मुस्किलले भेटाउँछु आफ्नो धमिलो छायाँ । म थाहा नै पाउँदिन कसले कहिले छोडेर जान्छ जिन्दगीबाट । बुवा भन्नुहुन्थ्यो, “जाने मान्छेलाई नपछ्याउनु ।” सायद मैले धेरै पछ्याउँथे उहाँलाई । सायद बुवा मेरो पिछा छोडाउन चाहानु हुन्थ्यो । म भने आज पनि उहाँलाई पछ्याउन खोज्छु ।  एक्लो छु, एक्लो हुन्छु, एक्लो हुनेछु र विल्कुल एक्लो । सम्झिन खोज्छु आफन्त..., सम्झिन खोज्छु साथी सङ्गी...सम्झिन खोज्छु...कोही आफ्नो...जो मलाई पलभरमै छोडेर नजाओस् । जोसँग म एक भारी आँखा बिसाउन सकुँ र पार्न सकुँ यो मनलाई शीतल । यो दुनियाँको लागि हरेक मान्छे सिर्फ युजर मात्रै हुन् र ?  हरेक मान्छेको गन्तव्य एउटै हो – मृत्यु । त्यहाँसम्म पुग्न पनि त सजिलो छैन । बाचुन्जेल हिँड्नु छ मान्छेलाई अनवरत । कोही छोराछोरीसँग, कोही श्रीमानसँग, कोही प्रेमीसँग, कोही बाआमासँग, कोही दाजुभाइ दिदीबहिनीसँग र कोही साथीसँग हिडिरहेका छन् मान्छे । साउद उनीहरूसँग गन्तव्य हुँदो हो र त ढुक्क देखिन्थे । निस्फिक्री हिडिँरहेका थिए । कन्डक्टरलाई यहाँ जा...