"ह्याप्पी बर्थडे बुवा"
मेरो कारणले अक्सर दिदीले पिटाई खान्थी । त्यो दिन पनि उनको गल्ती थिएन । गल्ती थियो त मेरै । म नै दिदीसँग दौडिन सकिन र कुकुरले टोक्न भ्यायो मेरो खुट्टामा । उनले त मेरो हातमा समातेर डोर्याएर मलाई घरसम्म ल्याएकी थिई । त्यो दिन मेरो मात्रै होइन उनको पनि स्कुल छुट्यो । उनै दिदीलाई बुवाले बैनीको रक्षा गर्न नसकेकोमा एक थप्पड लगाउनु भयो । यसपटक उनको गल्ती थिएन । उनी आफैँ आत्तिएर बाटैभरी रुदै आएकी थिईँ । उनी मेरी साथी पनि थिईँ र दुस्मन पनि । यसपटक भने भने साथी भएकी थिईँ । घाउ ठूलो थिएन तर पनि हस्पिटल पुर्याइयो र डाक्टरले सुई लगाइदिए । फेरि म बुवाको साथी भएर घरमै बसे । बुवालाई खास सन्चो थिएन । बुवा न हो, उहाँको खाली हात त मैले उठेर बस्न सक्ने भएसम्म देखिन । जब उहाँ उठेर बस्न नसकेर ओछ्याउनमा लडिरहनु हुन्थ्यो तब मात्रै उहाँको हात रित्तो रहन्थ्यो । म बासका ससाना ट्क्रा उहाँ भए ठाउँमा पुर्याइदिन्थेँ । कहिले चोया भिजाइदिन्थेँ । कहिले चोयाहरु जम्मा पारेर बिटो बनाइदिन्थँे । बुवा कहिले चोया काड्नु हुन्थ्यो त कहिले डोको, थुन्से र भकारीहरु बुन्नु हुन्थ्यो । बेला बेलामा भैसीलाई घाँस हाल्न ...