Posts

Showing posts from June 14, 2020

समाजपरक समालोचना प्रणाली

Image
अध्ययन सार      सामाजिक जीवन भोगाइको अभिव्यक्ति साहित्य हो । समाजपरक समालोचना प्रणाली वर्तमान युगको एक शसक्त एवम् उपयोगी समालोचना हो ।  यसको मान्यताअनुसार साहित्य रचनाको प्रमुख आधार ऊ बस्ने समाज हो । साहित्य जीवनका विविध सामाजिक सन्दर्भहरुमा आधारित हुने भएकोले तिनै विषयका आधारमा साहित्यलाई हेर्ने र मूल्याङ्कन गर्ने दृष्टिकोण समाजपरक समालोचना प्रणालीले अङ्गालेको पाइन्छ ।  सामाजिकताको अध्ययनको दृष्टिले उच्चकोटीको मानिएको यस अध्ययनमा समाजपरक समालोचना प्रणालीको विषयमा दृष्टिकोण, विशेषता तथा मान्यताहरु प्रष्ट्याउने उद्देश्य यस अध्ययनमा राखिएको छ ।  ईसाको १८ औं शताब्दीमा विकोले होमरका कृतिको अध्ययनका आधारमा ग्रीक समाजको विवेचना गरे देखि नै पाश्चात्य समालोचना प्रणालीमा सामाजिक दृष्टिकोण स्थापित भएको देखिन्छ । इङमन्ड विल्सन, हर्डर, हिपोलाइट टेन तथा सेन्ट व्युभका सिद्धान्तबाट युरोपमा समाजपरक समालोचनाको पृष्ठभूमि तयार भएको हो । समाजको बहुमुखी चित्रण र त्यसको मूल्याङ्कन गर्न खोज्ने यथार्थवादी सिर्जनाका आधार नै साहित्यलाई समाजको ऐनाको रुपमा हेर्न थालियो ।  साहित्य...

बचपन र असार

Image
असार मलाई मनपर्ने महिना हो । असारमा घाँस काट्न टाढा जानुपर्दैन थियो । पौडी खेल्न द्वाहा खोज्दै टाढा जानुपर्दैन थियो । असारभन्दा अगाडि नै दाउराको जोहो भइसकेको हुन्थ्यो त्यसैले दाउरा काट्न जानुपर्दैन थियो ।  बिहान दाउराको भारी बोकेर बजार पनि जानुपर्दैन थियो । स्कुल बिदा हुन्थ्यो । घरको काममा एक लगनी सघाएपछि दिनभर कटेरोमा बसेर मकै खान बाँदर आउँछ कि भनेर हेरे पुग्थ्यो । असारे, डामडुमे, अङ्गेरी जस्ता जंगली फल खान पाइन्थ्यो ।  मेरी एउटी दिदी र मेरो उमेरमा १८ महिनाको फरक छ । हामी दिदीबैनी र साथी दुबै थियौँ । हामी जति झगडा गर्थ्यौ, उति नै बढी मिल्थ्यौँ पनि । कटुसको छानो भएको सानो कटेरो थियो खेतको बिचमा । बाँदर हेर्दै एक/एक भारी घाँस काट्ने निर्देशन आउथ्यो, हरेक दिन ।  दिउँसो ११ बजेतिर भात घरबाटै आइपुग्थ्यो । यसर्थ हामी बिहानदेखि बेलुकीसम्म नै कटेरोमा हुन्थ्यौँ । भोक लागे मकै पोलेर खान्थ्यौँ । निन्द्रा लागे पालो गरेर सुत्थ्यौँ ।  ठूलो पानी पर्यो भने हामी खुशी हुन्थ्यौँ, कि हामीलाई लै...लै..भन्नै पर्दैन थियो । ठूलो पानी परेको बेला मकैलाई बाँदरको खतरा हुँदैन थियो । अनि हामी कटु...