Posts

Showing posts from June 7, 2020

आयामेली दृष्टिकोणबाट वैरागी काइँलाको ‘पर्वत’ कविताको विश्लेषण

Image
अध्ययन सार आयामेली आन्दोलन (२०२०) मार्फत् नेपाली साहित्यक्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकार वैरागी काइँला आयामेली तथा प्रयोगवादी दृष्टिमा कविता रचना गर्ने सष्ट्रा हुन् । आयामिक लेखन सिद्धान्तवादी सृजनात्मक आन्दोलनको रुपमा आएको लेखन हो ।  आयामिक सिद्धान्तका प्रमुख प्रभाव स्रोतहरुका रुपमा जेस्टाल्टवाद, घनत्ववाद र हेलियोग्राफ रहेका छन् । जर्मनमा पहिलो पटक सन् १०१२ मा प्रयोगमा आएको जेष्टाल्टवादले पूर्णाकार अर्थात सम्पूर्णता भन्ने अर्थ दिन्छ । यसैगरी अङ्ग्रेजीको  Cubism   शब्द चित्रकलामा आएको एउटा अभिव्यक्ति प्रणाली हो ।  आयामेली रचनामा लम्बाइ, चौडाइ र गहिराइ तीनै आयामहरुलाई यसरी समावेश गरेर घनत्व देखाउने प्रयास गरिएको हुन्छ । त्यस्तै, हेलियोग्राफ आयाम सम्बन्धी मान्यता लिएर जन्मेको एउटा पद्धति हो । वस्तुको घनत्व जसलाई तेस्रो आयाम भनिन्छ यही तेस्रो आयामलाई त्यस वस्तुमा थपेर चित्रित गर्ने नयाँ पद्धति नै वास्तवमा हेलियोग्राफ हो ।  आयामिक सिद्धान्तमा अर्को महत्वपूर्ण तत्त्वको रुपमा सम्पूर्णतालाई लिन सकिन्छ । अंश वा भाग मात्र सम्पूर्णता होइन । विभाजनले ...

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण

Image
अध्ययन सार साहित्यको लयगत र साङ्गीतिक भेद नै कविता हो । छन्द वा लयलाई मूल आधार मानेर साहित्यको वर्गीकरण गर्दा समग्र साहित्य गद्य र पद्य गरी दुई भेदमा विभक्त हुन्छ । गद्य विधाको विपरीत छन्दको प्रयोग गरी रचना गरिने विधा नै पद्य हो र पद्य कविता विधाको पुरानो नाम पनि हो । त्यसैले लयात्मक प्रधानता भएको एकालाप पूर्ण कथन पद्धतिमा सिर्जना हुने साहित्यिक विधा कविता हो । कविताको आयाम (लम्बाइ, चौडाइ र गहिराइ) को विस्तारका कारणले कविताभित्र पनि उपविधाको निर्माण हुन पुग्दछ । यस परिच्छेदमा आयामका आधारमा कविताका विविध रूपको परिचय दिई बृहत् आयाम महाकाव्यको सैद्धान्तिक चर्चा गरिएको छ । जीवनका सूक्ष्मतमदेखि स्थूलसम्मका अभिव्यक्तिहरू कविताको आयामभित्र प्रवाहित भएका हुन्छन् । कविताको सबैभन्दा सानो रूपगत आयाम मुक्तक हो भने सबैभन्दा ठुलो आयाम महाकाव्य हो । कवितामा जीवन र जगतको अनुभूति एक हरफ, चार पाउदेखि लिएर एउटा सिङ्गो र बृहत् महाकाव्यसम्म विस्तारित हुन सक्छ । कविता विधाको बृहत् स्वरुप नै महाकाव्य हो । महाकाव्यका सन्दर्भमा पूर्व, पश्चिम तथा नेपाली साहित्यमा विभिन्न चिन्तनको विकास भएका छन् ।  पूर्वीय...

ऐतिहासिक दिन : कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा अनुमोदन

Image
आज जेठ ३१ गते प्रतिनिधिसभा बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा अनुमोदन गरेको छ । अद्यावधिक नक्सा समेटिएको निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक  ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ सर्वसम्मतले अनुमोदन गरेको हो ।  उक्त ऐतिहासिक निर्णयका लागि संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । बैठकमा उपस्थित २५८ सांसदले संविधान संशोधन विधेयकको पक्ष मत दिएका थिए । जसमा विपक्षमा कुनै पनि मत परेन ।  २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन् । सरकारले यही जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिवर्तन ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो । नेपाल–भारत सिमा विवाद कसरी शुरु भयो ? वि.सं २०७६ कार्तिक १६ मा भारतले जम्मू–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा–कालापानी समावेश ग¥यो । त्यसपछि वि.सं २०७६ कार्तिक २...