Posts

Showing posts from August 16, 2020

शताब्दी कवि पुरुषको उर्जा

Image
राष्ट्रकवि माधवप्रसाद घिमिरेको यही भदौ २ गते मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा १०१ वर्षको उमेरमा  निधन भएको छ ।  वि.सं. २०७४ साल असारमा सिन्धुली वाङ्मय प्रतिष्ठान राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई सम्मान गर्ने कार्यक्रमसहित उनको घरमा पुगेको थियो । सोही विषयमा एउटा ब्लग लेखेकी थिएँ । जुन वि.सं.२०७४ साल साउन महिनाको अर्थ डबली मासिकमा ‘शताब्दी कवि पुरुषको उर्जा’ शीर्षकमा प्रकाशित भएको थियो । यस्तो छ ब्लग : माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । ३ वर्षको हुदाँ उनको आमाको स्वर्गारोहण भयो । ६ वर्षको उमेरमा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पचाङ्ग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनको यात्रा उनले वनारसको लागि तय गरे ।  घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् । नेपाली साहित्य जगतका धरोहर म...