मनकुमारीको कथा ?
‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ तपाईको कोही हुनहुन्न भन्ने प्रश्नको जवाफ थियो यो । “मसँग बैश थियो । निरोगी थिएँ । काम गर्न सक्थेँ । सबैको प्यारो थिएँ । अब सक्दिन नानी ! बाँच्न पनि सक्दिन न त मर्न नै सक्छु । काल नै आउँदैन । दुःखीको त भगवान पनि आफ्नो नहुने रछ ।” उनको घाँटी भारी भयो । मानौँ छातीमा पहाडले थिच्यो । दबाउन खोजिन् तर पहिरो झर्यो आँखाबाट । त्रिपुरेश्वर आँखा अस्पतालमा भेटिएकी उनले के सोचेर मनको गाठो फकाइन् । पालो अझै आएको छैन । घर अर्घाखाँची बताउने उनको नाम मन कुमारी थापा । अङ्ग्रेजीमा टोकन नम्बर बोलाउन साथ मलाई सोथ्थिन् “नानी मेरो पालो आयो ?” करिब ७५/७६ बर्षकी उनी आँखा राम्रोसँग देख्दिनन् । आँखामा समस्या भएपछि काठमाडौँबाट गएका आफन्त छिमेकीले जँचाउन सल्लाह दिए । भक्ताको पैसा पोको पारेर उनकै साथ काठमाडौँ आइन् उनी । ती आफन्तले अस्पतालको गेटमा छोडी दिए । सोध्दै भित्र गइन् । गार्डले कुपन थमाइदिए । कसो कसो टिकट लिइन् र बसिन् लाइनमा । “अब कसरी कहाँ जानुहुन्छ त ?” उनी लिन आउँछन् नानी ४÷५ बजेतिर । “अनि त्यतिबेलासम्म ? भर्खर १२ बज्दैछ । अब एक/दुई घण्टाभित्र त जँचाइसकि...