Posts

Showing posts from August 9, 2020

मसली माइजुको मिस्डकल

Image
मोवाइल हातमै थियो । अगस्ट २६ २०१९ (२०७६ साउन १६ गते) साँझ ८ः५१ बजे । मोवाइल भाइब्रेट भयो । भर्खरै कोठामा आइपुगेकी थिएँ । कसको मिस्डकल आयो ? मनमनै सोचेँ ।  एक घण्टाजति पछि मोवाइल हेरेँ । मसली माइजुको मिस्डकल थियो । सोचेँ बिहान फोन गर्छु । बिहान भयो तर मूले मसली माइजु बिर्सिए । सायद हामी केही सम्बन्धहरुलाई कम प्राथमिकता दिन्छौँ । मैले पनि त्यसै गरेँ । भोलि फोन गरौँला भन्दा भन्दै मैले मैले धेरै दिनसम्म मसली माइजुलाई बिर्सिएँ । भाका सारिरहे ।  बेला–बेलामा उहाँको मिस्डकल आइराख्ने । यसअघिको केही मिस्डकलमा मैले फोन फर्काएर उहाँसँग गफ गरेकी थिएँ । त्यसपछि भने उहाँको मिस्डकल आउनै छोड्यो, मैले उहाँको मिस्डकल मिस गर्न थालेँ । एकदिन फोन गरे तर उहाँको फोन स्वीच अफ थियो । फेरि केही दिनपछि फोन गरेँ, फेरि पनि फोन स्वीच अफ नै थियो ।  +++ मैले एक बर्षपछि मात्रै भेटेकी हुँ मसली माइजुलाई । ममी र म जाँदा मसली माइजु मामासँग आलु खनिरहनु भएको थियो । उहाँसँगै थिए एक बैशाखी । म पहिलोपटक उहाँको घर पुगेकी थिएँ । ममीले बचपनमा देख्नुभएको भाई उहाँकै आखाँअगाडि हनुहुन्थ्यो । मामाले राम्रोसँग ठम्याउन सक्न...

बिहे : एक रहर - २

Image
एक दिन साँझमा केही अपरिचित मानिसहरु घरमा आए । यसबेला घरमा को आए ? दुई तरुनी छोरी भएको घरमा साँझमा लोग्ने मानिसहरु आएपछि ममी डराउनु भयो । म भने सुरो भए आँगनको डिलमै पुगेँ । ममीले गाली गर्दै हुनुहुन्थ्यो, को हो ? कहाँबाट आएका हुन ? छेउमा किन गाको ? भित्र आइज ।  ममी पिढीँबाट कराउदै हुनुहुन्थ्यो । ‘तपाईँहरु किन आउनुभएको ?’ मेरो प्रश्न सुनेपछि एकजनाले उत्तर फर्काए ‘तपाईँहरुको घरमा बेच्ने बाख्रा छ कि भनेर हेर्न आएको ?’ यति भनेपछि ममीले कुरा बुझ्नुभयो र भित्र आउनुस् भन्नुभो तर मैले उनीहरुलाई आँगनको डिलमै रोके । ‘हाम्रो घरमा बेच्ने बाख्रा छैन, तपाईँहरु यहीँबाट फर्किनुस् ।’ ‘साँझमा आउनुभएका पाहुनालाई के भन्छे यो ? भित्र लिएर आइज’ ममी भित्र पाहुनाको लागि गुन्द्री ओछ्याउदै हुनुहुन्थ्यो । मेरो कुराले ती पाहुनाहरु अलमलमा परे । अर्को बोले ‘बैनी हामी तिम्रो आमालाई भेट्न आएका हौँ ।’ ‘अनि किन बाख्रा हेर्न आएका हौँ भन्नु भएको ?’ मेरो प्रश्नहरुले एकजनालाई दिक्क लागेछ भन्यो ‘सरी बैनी, हामीले त्यत्तिकै जिस्किएर भनेका हौँ । यसलाई सिरियसली नलिनुस् । ममीले भित्रबाट गाली गर्नुभएपछि बाटो छोडिदिए ।  उनी...

"नाकढोडी दिदी"

Image
त्यो दिन पानी परेको थिएन, न त हामीलाई कतै खेताला नै जानु थियो । दिउँसो तीन बजेको हुँदो हो । पसिना पुच्छै मकै पोल्दै थिइन् ठूलीकान्छी दिदी । पकाउने कुरामा ममी र म उस्तै । हत्तपत्त चुल्होमा बस्न नमान्ने । मैले गुन्द्रुक साँधे । घरमा हली थिएन, न त अरु कोही सदस्य । त्यसैले हामीबिच खेत कसरी रोप्ने भन्ने बिषयमा सल्लाह हुँदै थियो । त्यत्तिकैमा उनी फुत्त भित्र पसिन्, र सँगसँगै भनिन् ‘धमा’ ! हामी तीन आमा छोरीले झस्किएर हेर्यौँ । मानौँ हामीबीच केही अजिब वस्तु आइपुग्यो ।  हामीले हेरेपछि उनले हाँस्दै भनिन् ‘लौ किन तर्सेको सबैजना ?’ अघि है पनि भन्न नभ्याउनु भएको ममीले भन्नुभो ‘यो मोरी पो रैछ ! कस्तो सात्तै गयो । आइज बस् ।’ ममीको अनमति पाएपछि उनी ममीकै छउमा आएर बसिन् । हल्का रातो रंगको कुर्ता सलवार लगाएकी, टाउकोमा सल बाँधेकी उनी साइनोमा हाम्रो दिदी पर्ने । उनको माइती घर र हाम्रो घर ठ्याक्कै आमुन्ने–सामुन्ने छ । उनको घर जाने छोटो जंगलको बाटो हाम्रो घर हुँदै गुज्रिन्छ । ‘नातीहरु खै त ?’ ममीले सोध्नुभो । पोलेको मकै हातमा बोकेर भुईँतिर एकहोरो हेरिरहिन् । निकै बेरपछि बोलिन् ‘घरमै छन् धमा ।’ अघि हाँस्...