अभियोग २०७२/१२/०३ मैले देखेकी छु, तिम्रो आँखाको समुद्र देखेकी छु, खुशीको बगैँचा पुगेकी छु, तिम्रो सपनाको क्षितिजसम्म छामेकी छु मुटुको धड्कन र पैतालाका डामहरू र त बैचन छु जसरी दुःखको पहाड बोकेर उक्लिन्छ बादल जुनताराहरू खर्लप्पै निलेर सल्बलाउँछ आकाशभरी बनाउँछ संसारै कालो त्यसरी पीरको धरहरा बोकेर उभिरहेका छौँ तिमी बर्षौदेखि उसैगरी यो भव्य सहरमा भोको पेट, अनिदो आँखा एकजोर खाली खुट्टा र काँधमा एक नाम्लो आशा मात्रै छैन ति...
Posts
गन्तव्यहिन यात्रामा म
- Get link
- X
- Other Apps
मसँग सबथोक छ, सम्झन खोज्छु केके छन् ? तर, रित्तो रित्तो पाउँछु । कहिलेकाहिँ आफैँलाई पनि खोज्नुपर्छ । मुस्किलले भेटाउँछु आफ्नो धमिलो छायाँ । म थाहा नै पाउँदिन कसले कहिले छोडेर जान्छ जिन्दगीबाट । बुवा भन्नुहुन्थ्यो, “जाने मान्छेलाई नपछ्याउनु ।” सायद मैले धेरै पछ्याउँथे उहाँलाई । सायद बुवा मेरो पिछा छोडाउन चाहानु हुन्थ्यो । म भने आज पनि उहाँलाई पछ्याउन खोज्छु । एक्लो छु, एक्लो हुन्छु, एक्लो हुनेछु र विल्कुल एक्लो । सम्झिन खोज्छु आफन्त..., सम्झिन खोज्छु साथी सङ्गी...सम्झिन खोज्छु...कोही आफ्नो...जो मलाई पलभरमै छोडेर नजाओस् । जोसँग म एक भारी आँखा बिसाउन सकुँ र पार्न सकुँ यो मनलाई शीतल । यो दुनियाँको लागि हरेक मान्छे सिर्फ युजर मात्रै हुन् र ? हरेक मान्छेको गन्तव्य एउटै हो – मृत्यु । त्यहाँसम्म पुग्न पनि त सजिलो छैन । बाचुन्जेल हिँड्नु छ मान्छेलाई अनवरत । कोही छोराछोरीसँग, कोही श्रीमानसँग, कोही प्रेमीसँग, कोही बाआमासँग, कोही दाजुभाइ दिदीबहिनीसँग र कोही साथीसँग हिडिरहेका छन् मान्छे । साउद उनीहरूसँग गन्तव्य हुँदो हो र त ढुक्क देखिन्थे । निस्फिक्री हिडिँरहेका थिए । कन्डक्टरलाई यहाँ जा...
दक्षिणा
- Get link
- X
- Other Apps
मंसीरमा आउँछु अनि भेटौलाँ नि ! भेट भएका आफन्तहरूले कहिले भेट हुन्छ होला ? भन्ने प्रश्नमा जवाफ फर्काएँ मैले । उनीहरू खुशी भए । उनीहरू मलाई भेट्ने कुराले मात्रै खुशी भएका भने होइनन्, मैले बुझेकी थिएँ । “चुनाव छ नि त मंसीर ४ गते !” मुख अमिलो बनाउँदै “ए ! ल, ल ।” भने । बर्षौदेखि भेट नभएका आफन्त पनि भेटिन्छन् दसैँमा । बर्षमा एक पटक भेट हुने परिवारभित्रका सदस्य र आफन्तजन त भइहाल्यो । सानो छँदा दसैँमा टिको लगाएर एक रुपैयाँ पाइन्थ्यो । दिदी चकलेट किनेर खाइसक्थिन्, म हिरोइनलाई दिन्थेँ । उनले बेला बेलामा दिदीलाई “लु हेर ! बुइनीको पैसा । तँ खाएर सक ।” दिदीले वास्ता गर्थिनन् । मेरो त्यो पैसा कवि, डटपेन किन्न र लुगामा खर्च हुन्थ्यो होला । मलाई राम्रो याद भएन । जब बुवा बिरामी पर्नुभो, झन् मैले त्यो एक÷एक रुपैयाँको महत्त्व अझैँ बुझ्न थाले । माइली दिदी गाईवस्तु चराउन जङ्गल थान्थिन् । हामी उनलाई पछ्याएर जान्थ्यौँ । दिदीले खुर्पाले दाउरा काटेर भारी हालिदिनुहुन्थ्यो । हामी बोकेर घर ल्याउथ्यौँ र भोलिपल्ट बिहानै बजार लैजान्थ्यौँ । हाम्रा गाउँको एक÷दुई घरका मानिसहरू बिहान ४ बजे नै दाउरा बेच्न जा...
मनकुमारीको कथा ?
- Get link
- X
- Other Apps
‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ तपाईको कोही हुनहुन्न भन्ने प्रश्नको जवाफ थियो यो । “मसँग बैश थियो । निरोगी थिएँ । काम गर्न सक्थेँ । सबैको प्यारो थिएँ । अब सक्दिन नानी ! बाँच्न पनि सक्दिन न त मर्न नै सक्छु । काल नै आउँदैन । दुःखीको त भगवान पनि आफ्नो नहुने रछ ।” उनको घाँटी भारी भयो । मानौँ छातीमा पहाडले थिच्यो । दबाउन खोजिन् तर पहिरो झर्यो आँखाबाट । त्रिपुरेश्वर आँखा अस्पतालमा भेटिएकी उनले के सोचेर मनको गाठो फकाइन् । पालो अझै आएको छैन । घर अर्घाखाँची बताउने उनको नाम मन कुमारी थापा । अङ्ग्रेजीमा टोकन नम्बर बोलाउन साथ मलाई सोथ्थिन् “नानी मेरो पालो आयो ?” करिब ७५/७६ बर्षकी उनी आँखा राम्रोसँग देख्दिनन् । आँखामा समस्या भएपछि काठमाडौँबाट गएका आफन्त छिमेकीले जँचाउन सल्लाह दिए । भक्ताको पैसा पोको पारेर उनकै साथ काठमाडौँ आइन् उनी । ती आफन्तले अस्पतालको गेटमा छोडी दिए । सोध्दै भित्र गइन् । गार्डले कुपन थमाइदिए । कसो कसो टिकट लिइन् र बसिन् लाइनमा । “अब कसरी कहाँ जानुहुन्छ त ?” उनी लिन आउँछन् नानी ४÷५ बजेतिर । “अनि त्यतिबेलासम्म ? भर्खर १२ बज्दैछ । अब एक/दुई घण्टाभित्र त जँचाइसकि...
"ह्याप्पी बर्थडे बुवा"
- Get link
- X
- Other Apps
मेरो कारणले अक्सर दिदीले पिटाई खान्थी । त्यो दिन पनि उनको गल्ती थिएन । गल्ती थियो त मेरै । म नै दिदीसँग दौडिन सकिन र कुकुरले टोक्न भ्यायो मेरो खुट्टामा । उनले त मेरो हातमा समातेर डोर्याएर मलाई घरसम्म ल्याएकी थिई । त्यो दिन मेरो मात्रै होइन उनको पनि स्कुल छुट्यो । उनै दिदीलाई बुवाले बैनीको रक्षा गर्न नसकेकोमा एक थप्पड लगाउनु भयो । यसपटक उनको गल्ती थिएन । उनी आफैँ आत्तिएर बाटैभरी रुदै आएकी थिईँ । उनी मेरी साथी पनि थिईँ र दुस्मन पनि । यसपटक भने भने साथी भएकी थिईँ । घाउ ठूलो थिएन तर पनि हस्पिटल पुर्याइयो र डाक्टरले सुई लगाइदिए । फेरि म बुवाको साथी भएर घरमै बसे । बुवालाई खास सन्चो थिएन । बुवा न हो, उहाँको खाली हात त मैले उठेर बस्न सक्ने भएसम्म देखिन । जब उहाँ उठेर बस्न नसकेर ओछ्याउनमा लडिरहनु हुन्थ्यो तब मात्रै उहाँको हात रित्तो रहन्थ्यो । म बासका ससाना ट्क्रा उहाँ भए ठाउँमा पुर्याइदिन्थेँ । कहिले चोया भिजाइदिन्थेँ । कहिले चोयाहरु जम्मा पारेर बिटो बनाइदिन्थँे । बुवा कहिले चोया काड्नु हुन्थ्यो त कहिले डोको, थुन्से र भकारीहरु बुन्नु हुन्थ्यो । बेला बेलामा भैसीलाई घाँस हाल्न ...
"स्कुल पढ्ने केटी"
- Get link
- X
- Other Apps
स्कुल पढ्ने केटी बिहान आमाभन्दा अगाडि कहिल्यै उठिनन् । उनी उठ्दा प्रायः उनकीे आमाले भैसी दोहेर बट्टामा दुध हालिसकेकी हुन्थिन् । कहिलेकाहीँ आमाको हात दुख्थ्यो, त्यतिबेला मात्रै उनले भैसी दुहुन पर्थ्यो, कहिलेकाहीँ आमा घरमा नभएको बेलामा मात्रै उनले भैसी दुहुन पर्थ्यो । उनी उठेर मुख धोएर ठिक्क पर्दासम्म आमाले उनको लागि एक गिलास दुध राखिसकेकी हुन्थिन् । स्कुलको सेतो सर्ट किताबसँगै ब्यागमा कोच्ने बेलासम्म त भारी पनि तयार भइसक्थे, छिमेकीहरु पनि आइसक्ने । वारीपारी उज्यालो हुने गरेर ४ बजे राती बत्ति बल्थ्यो । हुनेहरु टर्चलाइट बाल्थे, नहुनेहरु ‘पुल्टो’ बाल्थे । स्कुल पढ्ने केटीको ब्याग कहिले भारीको टाउकोमा हुन्थ्यो त कहिले पछाडी झुन्डिन्थ्यो । दुधको झोलाचाहीँ उनको दिदीको जिम्मा हुन्थ्यो । कहिलेकाहीँ दिदीले अल्छी गरे त्यो पनि उनको जिम्मामा आइपर्थ्यो । बजारमा पुगेर भारी बिसाउनसाथ उनलाई स्कुल जान हतारो भइसकेको हुन्थ्यो । पसिनाले निध्रुक्क भिजेको कुर्ता वा सर्ट खोल्थिन् र नाम्लोसँगै आमाको झोलामा कोच्थिन् । स्कुल जाँदा लाउने सर्ट लगाइसकेपछि कपाल सपक्क बनाएर लेबन्टोले कसेप...