गजल

मृत्युको दवाई दिएर गयो
गयो ऊ वधाई दिएर गयो

संसार हेर भनेर आखाँमा
पट्टी लगाइ दिएर गयो

आफ्नै तस्विर वनाऊ भन्यो
र ऐना फुटाई दिएर गयो

युद्ध लड्ने अनुमति दिएर
विपक्षमा भाइ दिएर गयो


Comments

Popular posts from this blog

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण

समाजपरक समालोचना प्रणाली